१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतका कारण महाकाली नदीको तुइन बिस्थापनमा ढिलाई



भारतसँग जोडिएको दार्चुलाको जैलजिवी झोलुङ्गे पूल । यो पुल तुइन बिस्थापनको घोषणापछि निर्माण भएको हो । केही महिनाअघि भारततर्फको रिटेनिङ वाल भत्किएको थियो । अहिले पुनर्निमाण भइसकेको छ । फोटो सौजन्यः डोलीडार ।

  • रञ्जित तामाङ

काठमाडौं, ३० असोज 
महाकाली नदीमाथीको ९ वटा तुइन बिस्थापन गरि झोलुङ्गे पूल निर्माण गर्न भारतका कारण ढिलाई भएको छ । सस्पेन्सन ब्रीज डिभिजनका अनुसार भारतको स्थानीय प्रशासनले सरकारको अनुमति लिनु पर्ने बताए पछि ठेक्का लागिसकेका पूल आयोजनाहरू रोकिएको छ । 
डिभिजनका योजना प्रमुख कुमार थापाका अनुसार भारतीय पक्ष पूल निर्माण गर्न सकरात्मक देखिए पनि थप अध्ययन र स्वकृति लिनु पर्ने बताए पछि रोकिएको हो । “महाकाली नदीमाथीका तुइनहरू बिस्थापन गरि पूल निर्माण गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतीय दुतावासलाई पत्रचार गरेका थियौं । त्यसबेला सकरात्मक जवाफ पाएका थियौं,” थापाले भने, “अहिले स्थानीय प्रशासनले सरकारबाट अनुमति लिनु पर्छ भने पछि ठेक्का लागिसकेका आयोजना रोकिएको छ । अब दुबै देशका स्थानीय प्रशासनबीच छलफल हुनेछ ।”

नेपालका तर्फबाट दार्चुलाका सीडीओ र भारतका तर्फबाट धारचुला जिल्ला प्रमुखबीच छलफल हुनेछ । दार्चुलामा महाकाली नदीमाथी कालागड, बडुगाउँ, बाकु, लाली, बसेडी, मल, तिकरम र बरतीमा पुराना तुइन छन् । यसैगरि बैतडीको पञ्चेश्वरमा पनि तुइन छ । 

८ तुइन बिस्थापित 
तुइनमुक्त गर्ने सरकारको घोषण पछि तुइन बिस्थापन गरि पहिलो पटक निर्माण सम्पन्न भएको ललितपूरको सुवानीबेंशीको झोलुङ्गे पूल । तस्बीर सौजन्यः डोलीडार ।  

थापाका अनुसार देशभर रहेका १ सय ७१ तुइनमध्ये अहिलेसम्म ८ वटा बिस्थापित भएको छ । बिस्थापन भएर पूल निर्माण भएका ठाउँहरूमा ललितपूरको सुवानीबेंसी, गोरखाको जलबिरे, जाजरकोटको भानेबगर, दार्चुलाको जैलजिवी, सुर्खेतको ठोटेचिप्ले र रैकार, दैलेखको भानेकोट र असराघाटको तुइन बिस्थापन भइसकेका छन् । 
केपी ओली नेतृत्वको मन्त्रीपरिषद्को पहिलो बैठकले गत बर्षको असोजमा २ बर्षभित्र सबै तुइन बिस्थापन गर्ने घोषणा गरेको थियो । सबैभन्दा पहिला ललितपूरको सुवानीवेंशीमा तुइन बिस्थापन भएको र नयाँ पुल निर्माणको उद्घाटन ओलीले नै गरेको थियो । 
तुइन भएका स्थानमध्ये ५२ वटा झोलुङ्गे पूलको निर्माणाधीन छन् भने २३ वटाको टेन्डर मूल्यांकन भइरहेको छ । यसैगरि १२० मीटरभन्दा कम लम्बाईका ५६ वटा झोलुङ्गे पूल जिल्ला प्राविधिक कार्यालयहरूले निर्माण गरिरहेका छन् । 
यसैगरि सुर्खेतको कुटाघाट र गल्फघाटको तुइनमा मल्टीस्पान पूल निर्माण गरिने उनले बताए । यसैगरि सुर्खेत र कैलाली जोड्ने बुगाडघाटमा पनि मल्टीस्पान पूल निर्माण गरिनेछ । तुइन भए पनि सम्भाव्यता नभएको ठाउँको संख्या २३ छ । 
“२७१ मध्ये २३ ठाउँमा तुइन नजिकै कतै मोटेरेबल पूल, कतै झोलुङ्गेपूल निर्माण भइसकेका छन् । कतै प्रयोग नभएका छन्,” उनले भने, “जग्गा विवाद, प्राविधिक जनशक्तिको अभाव भएन भने अर्को बर्षको असोजभित्र देश तुइनमुक्त हुनेछन् ।” 

प्रकाशित मिति : ३० आश्विन २०७३, आइतबार ००:००