२९ जेष्ठ २०८१, मंगलबार | Tue Jun 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन्याल गाउँपालिकाका वडाध्यक्ष हौजाली पक्राउ




घोडाघोडी । कैलालीको मोहन्याल गाउँपालिका ५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् ।

पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख भट्टले जानकारी दिए । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार ००:००