१ असार २०८२, आइतबार | Mon Jun 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटको मेघाङ गाउँपालिकाका वडाअध्यक्ष तामाङ पक्राउ




बेत्रावती । नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध चरेस मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आज बिहान घरबाटै पक्राउ गरेर काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

उनका अनुसार तामाङविरुद्ध विसं २०६१ जेठ २७ गते काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र २५ हजार जरिवाना सुनाइएको थियो ।

३० हजार धरौटीमा तारिखमा रिहा भएका तामाङ फैसलापश्चात् फरार रहँदै आएकाले पक्राउ गरेर अदातलको फैसला कार्यान्वयनका लागि नुवाकोट प्रहरीले टेकु प्रहरीको जिम्मामा काठमाडौं पठाएको छ ।

तामाङ स्थानीय तहको निर्वाचनमा मेघाङ गाउँपालिकाको वडा नं ५ मा वडाअध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए । रासस

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार ००:००