१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटहरी उपमहानगरः बहुवर्षे सडक शिलान्यास




इटहरी । इटहरी उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागेको सडकको शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका–१८, १९ र २० लाई जोड्ने उक्त सडकको आज नगरप्रमख द्वारिकालाल चौधरीले शिलान्यास गरे ।

नगरप्रमुख चौधरीले एक वर्षमा ३० किलोमिटर सडक निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए । नगरलाई समृद्ध बनाउन यो सडकले महत्वपूर्ण भूमिका खेल्नेछ”, उनले भने ।

उपप्रमुख लक्ष्मी गौतमले नगरपालिकाका तीन वडालाई समेट्ने गरी ‘नो कमिशन नो करप्शन’ नीति अवलम्बन गरी सडक निर्माण गरिने बताइन् । सडक निर्माणपछि नगरबस सञ्चालन गरिने उनले बताइन् ।

नगरपालिकाका इन्जिनीयर जीवन घिमिरेले सो सडक १५ महिनाभित्र निर्माण गरिने बताए । “सडक समयमै निर्माण नगरे म्याद थप गरिने छैन”, उनले भने । चार करोड ५७ लाखको लागतमा निर्माण हुने पाँच मिटर चौडाइको उक्त सडकको लम्बाइ साढे छ किलोमिटर रहेको छ ।

सडक निर्माणले कान्छीचोक, वडहरा, डकाहा, पटेरुवा, अमाहा र महुलियाका बासिन्दालाई सहज हुनेछ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार ००:००