१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त




काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आजको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ ।

पदमुक्त प्रदेश प्रमुखमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ धनकुटा, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ काठमाडौं, प्रदेश नं। ३ का अनुराधा कोइराला काठमाडौं, गण्डकी प्रदेशका बाबुराम कुँवर अर्घाखाँची, प्रदेश नं ५ का उमाकान्त झा धनुषा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल सुर्खेत र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल कैलाली छन् । उनीहरुलाई अघिल्लो सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो ।

निर्वाचन सम्पन्न भइसकेपछि ती प्रदेश प्रमुख नियुक्त भएकाले नयाँ सरकारले राजनीतिक निर्णयबाट हटाउने आकलन गरिँदै आएको थियो । सरकारले यसअघि निर्वाचन आचारसंहिता लागू भएपछि अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको थियो । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार ००:००