१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयमा तालाबन्दी



लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् ।

विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापालमा सिरहाको भगवान्पुर गाउँपालिका–२ नहरारिगौल निवासी जागेश्वर सिंहलाई नियुक्ति गरेको आरोप लगाउँदै असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले हिजो विद्यालयमा तालाबन्दी गरेका हुन् ।

उमेर हद नाघे पनि सिंहलाई नियुक्ति दिएको भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय नथुनी साह र नारायण यादवको नेतृत्वमा स्थानीयले विद्यालयमा तालाबन्दी गरेको स्थानीयले बताएका छन् । विद्यालयको प्रशासन शाखामा गरिएको तालाबन्दीका कारण विद्यालयको प्रशासनिक कामकाज प्रभावित भएको छ ।

यता विद्यालयका प्राधानाध्यापक घुरन यादवले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार पछिल्लो १५ वर्षदेखि विद्यालयमा कार्यरत सिंहलाई काममा राखिएको बताए । रासस

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार ००:००