२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्पादन वृद्धि नगरी कर्णालीको विकास हुदैँनः मुख्यमन्त्री शाही

लेखक स्थानीय खबर/संवाददाता १६ आश्विन २०७६, बिहिबार १ मिनेट पढाइ


मान्म । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।

कर्णालीमा उत्पादन गर्न सकिने धेरै कुरा भए पनि अहिले हामीले आयातित सामानलाई मात्र ध्यान दिएको मुख्यमन्त्री शाहीले बताए । “स्याउ, सिमी लगायतका जे जे उत्पादन हुन्छन्, त्यसको उत्पादन वृद्धि गर्नुहोस्”, उनले भने, “हामीले उत्पादन गर्न सकेका छैनौं केवल कोकाकोला, चाउचाउ, चामल ल्याएका छौँ, पैसा पठाएको छौँ ।”

मुख्यमन्त्री शाहीले भने, “हाम्रो विगतको पुस्ता आफैँ उत्पादन गरेर बिक्री गर्ने कर्णालीको पुस्ता हो, अहिले कोही आयो कि माग्ने काम मात्रै भयो ।” मानिसमा सामाजिक सेवा भावना हराउँदै गएको र सामाजिक सेवाका नाममा व्यक्तिले फाइदा लिने प्रवृति हाबी हुँदै गएको मुख्यमन्त्री शाहीले बताए ।

कर्णालीमा विकासका लागि पैसाको अभाव नभएको उनको भनाइ थियो । उनले भने, “तर, उपभोक्ता समिति, ठेकेदारले आफूले पाए ठिक आफूले नपाए अदालत अख्तियारमा मुद्दा गर्ने र विकास हुन नदिने प्रवृति हाबी भयो ।” रासस

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।