११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङ नगरपालिकाः २८ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान




गलकोट । बागलुङ नगरपालिकाले २८ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले २९औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा २८ नागरिकलाई सम्मान हो ।

सम्मान कार्यक्रमको वडा नं ७ का अध्यक्ष खगराज पाण्डेयले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रत्येक वडाका एक महिला तथा एक पुरुष गरी १४ महिला र १४ पुरुषलाई नगद पाँच हजार, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

“ज्येष्ठ नागरिकलाई हेला होइन, माया गरौँ भन्ने भावनाका साथ प्रत्येक वर्ष सम्मानको कार्यक्रम राखेका छौँ”, कुँवरले भने, “सम्मान प्राप्तपछि ज्येष्ठ नागरिक हर्षित छन् ।” नगरपालिकाले यस वर्ष ज्येष्ठ नागरिक सम्मानका लागि दुई लाख विनियोजन गरेको थियो । ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाबाट नगदसहित सम्मान पाउँदा निकै हर्षित भएको ज्येष्ठ नागरिक वडा नं २ का ९७ वर्षीय चन्द्रकुमार श्रेष्ठले बताए ।

ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाको स्वास्थ्य शाखाले वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरेको थियो । स्वास्थ्य परीक्षणमा ज्येष्ठ नागरिकहरुको मधुमेह, उच्चरक्तचाप लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । मानव सेवा आश्रममा रहेकालाई फलफूलसमेत वितरण गरिएको थियो ।

यस्तै जिल्लाको गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका पाँच ज्येष्ठ नागरिकलाई तीन हजारका दरले चाडपर्व भत्ता वितरण गरेको छ । रासस

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार ००:००