८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ लाख राशिको उत्कृष्ट खोज पत्रकारिता पुरस्कार सविता श्रेष्ठलाई



अमेरिकी दूतावास र शेयरकाष्ट इनिसिएटिभ नेपालले दिँदै आएको उत्कृष्ट खोज पत्रकारिता पुरस्कार यस बर्ष चितवनकी पत्रकार सविता श्रेष्ठले प्राप्त गरेकी छन् ।

नागरिक दैनिकको चितवन संवाददाता श्रेष्ठलाई मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा अमेरीकी राजदूत र्‍यण्डी बेरीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

श्रेष्ठले जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा कानून बनाउन भइरहेको सकसबारे खोजमुलक समाचारको रिपोर्टिङ्गका लागि उक्त पुरस्कार दिइएको शेयरकाष्ट इनिसेएटिभले जनाएको छ ।

यसका साथै ७ वटै प्रदेशका मुख्य ८ सहरमा गरिएको खोज पत्रकारिता रिपोटिङ प्रतिस्पर्धाबाट अन्उ ७ जना उत्कृष्ट पत्रकारलाई पनि सोही अवसरमा पुरस्कृत गरिएको थियो । ती उत्कृष्ट ७ जना पत्रकारलाई जनही ७० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको थियो ।

यसरी पुरस्कृत हुनेमा प्रदेश नम्बर १ बाट पुर्वी हटलाइन दैनिकका प्रेम बहादुर कार्की ढोली इटहरी, प्रदेश २ बाट अनलाइन खबरका सुरेश विडारी विरगंज, प्रदेश ३ बाट नागरिक दैनिकका सविता श्रेष्ठ, चितवन, गण्डकीबाट समाधान दैनिकका भरत कोइराला पोखरा, प्रदेश ५ बाट अन्नपूर्ण पोस्ट् दैनिकका शंकरप्रसाद खनाल नेपालगञ्ज, कर्णाली प्रदेशबाट कान्तिपुर दैनिकका चाँदनी कठायत वीरेन्द्रनगर र सुदुरपश्चिम प्रदेशबाट कान्तिपुर दैनिककै निर्मला खडायत धनगढी छन् ।

यसै गरि सात वटै प्रदेशमा विभिन्न चरणमा गरिएको विषयबस्तु छनौट परामर्श बैठक, कार्यशाला र स्टोरी लेखन कार्यमा सहभागी भएका २ सय ८७ जना पत्रकार मध्येबाट २४ जनाले नगद ३० हजार रुपैँया पहिलो चरणको खोज पत्रकारिता लेखनवृत्ति प्राप्त गरेका थिए ।

कार्यक्रममा राजदूत बेरीले सुशासन, जवाफदेहिता, भ्रष्टचार सार्वजनिक, मानवअधिकारजस्ता बिषयमा रिर्पोटिङलाई केन्द्रीत गरिएको बताए ।

“आगामी दिनहरूमा सुशासन, पारदर्शिता र जवाफदेहिता प्रर्वद्धन गर्ने खोजमुलक गहन सामाग्रीहरू हेर्न र पढ्न चहान्छु,” बेरीले भने, “नेपाल सरकराले आफ्ना नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने छैन भन्ने कुरामा अमेरिकी सरकार विश्वास पनि व्यक्त गर्दछ ।”

शेयरकाष्टका कार्यकारी अधिकृत मधु आचार्यले मुलुकले केन्द्रीकृत व्यवस्थालाई त्यागेर संघीय व्यवस्था अबलम्बन गरेका कारण संक्रमणकालमा पत्रकारिताको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिए ।

“७ प्रदेश र ७ सय ५३ वटा स्थानीय सरकार गठन भएर मुलुकले बिकेन्द्रीत संघीय व्यवस्था अबलम्बन गरेको छ । त्यसैले हाम्रो जिम्मेवारी थपिएको छ,” आर्चायले भने ।

शेयरकाष्ट इनिसिएटिभ नेपाल सन् २०१३ मा स्थापना भई नेपालको मल्टिमिडिया क्षेत्रलाई योगदान गरिरहेको मुनाफारहित सँस्था हो ।

शेयरकाष्टले खोज पत्रकारिता र पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रमका अलावा राष्ट्रियस्तरमा बार्षिक स्रोता सर्वेक्षण, स्थानीय रेडियोहरुको संस्थागत विकासमा सहयोग, मल्टिमिडिया प्रोडक्सन लगायतका क्रियाकलापहरू गर्दै आएको छ ।

तस्बिर स्रोतः शेयरकाष्ट

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार ००:००