६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध




अमरगढी । लगातारको अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भाँसिदै गएपछि यातायातका साधन चल्ने अवस्था नभएको उग्रतारा यातायात प्रालिले जनाएको छ ।

बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा बेलापुर सडक अविरल वर्षाका कारणले अवरुद्ध भएका छन् । पाँच दिनदेखि परेको अविरल वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तरगत डोला बस्तीस्थित सडक भाँसिदा सास्ती भएको सोहीरुटका सवारी चालक उमेश मालीले जानकारी दिए । सडकमा ढुङ्गामुढा राखेर आवतजावत गर्नुपरेको उनको गुनासो छ ।

यस्तै गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाका सडक चिरा–चिरा भइ भासिँदै गएको अवस्थामा पुगेका उनको भनाइ छ । गन्यापधुरा–२ कोरगाउँ जोड्ने जिरोप्वाइन्ट र पारिखेत जोड्ने बाटो अवरुद्ध भएको हो । दशैँ–तिहारमा दैनिकजस्तै घर फर्किन लागेका यात्रुलाई ग्रामीण सडकमा लगातारको वर्षाले अवरुद्ध बनाउँदा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ ।

जताततै भिरालो ठाउँमा सडक खन्नालले र सडकको स्तरोन्नति नहुँदा यस्तो समस्या आएको नवदुर्गा ४ का स्थानीयवासी गणेश कैनीले गुनासो गरे । सडक अवरुद्ध हुँदा घर जान नापाएको र सदरमुकाममा बस्नुपरेको उनले बताए । उनी दशैँका लागि भारतको मुम्बईबाट आएका हुन् । रासस

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार ००:००