१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटना न्यूनीकरणका लागि जाजरकोटमा ‘टाइम कार्ड’ लागू

लेखक स्थानीय खबर/संवाददाता ६ आश्विन २०७६, सोमबार १ मिनेट पढाइ


जाजरकोट । बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्ला सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ । दशैँ, तिहार जस्ता ठूला पर्वमा जथाभावी यात्रु राखेर भारी गतिका साथ यातायातका साधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न लागिएको प्रजिअ जनकराज पन्तले बताए ।

नयाँ व्यवस्थाअनुसार सदरमुकामदेखि सुर्खेतको छिन्चु र सदरमुकामदेखि रिम्नासम्मको सडकमा टाइमकार्ड लागू गरिएको छ । रिम्ना–होलुखोला एक घण्टा, होलुखोला–खलङ्गा ४५ मिनेट, खलङ्गादेखि मटेला ३० मिनेट, मटेला कुदु २० मिनेट, कुदूदेखि छेडाचौरसम्म एक घण्टा २० मिनेटमा यात्रा पूरा गर्नुपर्ने जिल्ला टा«फिक कार्यालयले जनाएको छ ।

टाइम कार्ड उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले सडक निर्माण गर्नु राज्यको दायित्व भएको, राम्रो व्यवहार र अनुशासितपूर्वक यात्रा गनतव्यमा पु¥याउने काम यातायात व्यवसायीको भएको बताए । त्यस्तै तोकिएको समयभन्दा अघि वा पछि यातायातका साधन गुडाउनेलाई कारवाही गरिने प्रजिअ पन्तले बताए । रासस

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।