१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोला बढेपछि भरतपुर–ठोरी सडक अवरुद्ध




चितवन । सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका ९ मा रहेको बगई र घाँगर खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको हो ।

त्यसैगरी माडी नगरपालिका ८ को खरकट्टा र रिउ खोला पनि बढेका छन् । सडकमा पर्ने अधिकांश खोलामा पानीको बहाव बढेकाले भरतपुर र माडी–ठोरी यातायात बन्द भएको छ ।

माडीमा रहेको खहरे खोलामा पनि बाढी आएकाले आज बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार ००:००