१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्कोट नगरपालिकामा एम्बुलेन्स सेवा सुरू



कालिकोटको रास्कोट नगरपालिकाले एम्बुलेन्स खरीद गरेको छ । नगरवासीको सेवासुविधाका लागि एम्बुलेन्स खरीद गरिएको हो ।

एम्बुलेन्स नहुँदा बिरामीलाई स्टेचर, डोको र पिठ्युमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता थियो ।

‘नगरवासीको सेवासुविधालाई ध्यान दिएर एम्बुलेन्स किनिएको हो,” नगरपालिका प्रमुख काशीचन्द्र बरालले भने ।

“विगतमा जिल्ला अस्पतालसम्म बिरामी बोक्न दिन लाग्थ्यो,” उनले भने, “अब सडक पुगेको छ, एम्बुलेन्सबाट बिरामी बोक्न सहज हुनेछ ।

यसभन्दा अघि जिल्लाका तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकाले समेत एम्बुलेन्स खरीद गरिसकेका छन् । रासस

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार ००:००