१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङमा माछापुच्छ्रे बैंकको शाखा

लेखक स्थानीय खबर/संवाददाता १० भाद्र २०७६, मंगलबार १ मिनेट पढाइ

ताप्लेजुङ । माछापुच्छ्रे बैंकले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकको १२२औँ शाखा कार्यालयको आज एक कार्यक्रमबीच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त शाखाले असारदेखि नै कार्यालय स्थापना गरी कारोवार गर्दै आएको छ । माछापुच्छ्रे बैंकले मुलुकभर १३६ शाखाबाट बैंकिङ सेवा दिँदै आएको ताप्लेजुङ शाखाका प्रबन्धक उमेश बाँस्कोटाले जानकारी दिए । माछापुच्छ्रे बैंकले १५७ ठाउँमा एटीएम सेवा सञ्चालन गरेको छ भने १२३ ठाउँमा शाखारहित बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रका सर्वसाधरणलाई लक्ष्य गरी शाखा विस्तार गरिएको माछापुच्छ्रे बैंकका १ नम्बर प्रदेश प्रमुख अजय आचार्यले बताए ।

“भदौ १७ गतेसम्म खाता खोल्ने महिलालाई आकर्षक चुरा र पोते वितरण गर्ने योजना छ”, उनले भने । बैंकले हरितालिका तीजको अवसरमा उक्त योजना ल्याएको हो । रासस

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।