११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाम्पाटा–दरवाङ सडक स्तरोन्नति शुरु



म्याग्दी । जिल्लाका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिको काम शुरु गरिएको छ । कालोपत्र गर्ने लक्ष्यसहित पूर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको हो । बिरुवा–क्याराभन जेभीले सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम शुरु गरेको छ ।

मङ्गला गाउँपालिका २ लाम्पाटादेखि दरवाङको म्याग्दीखोला पुलसम्म १६ किलोमिटर सडक कालोपत्र गर्न विसं गत जेठ ३१ गते २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता गरेको कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए । गण्डकी प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा ‘एक निर्वाचन क्षेत्र र एक सडक आयोजना’ सञ्चालन गरेको छ । प्रदेशको क्षेत्र ख बाट निर्वाचित सामाजिक विकासमन्त्री नरदेवी पुनको सिफारिशमा लाम्पाटादेखि दरवाङ जोड्ने सडक कालोपत्र हुनलागेको हो ।

रघुगङ्गाको गलेश्वरदेखि पिप्ले–भगवती हुँदै बेग जोड्ने आठ किलोमिटर सडक स्तरोन्नतिको काम पनि शुरु गरिएको छ । सो सडकको एपेक्स–खड्का कृष्ण जेभी काठमाडौंले भ्याटसहित १८ करोड ४१ लाख ८३८ मा ठेक्का सम्झौता गरेको छ । भगवतीको मैदान नजिकै सडक फराकिलो बनाएर पर्खाल लगाउने काम शुरु गरेको छ ।

उक्त सडकबाट पिप्ले, भगवती, बेगका बासिन्दा लाभान्वित हुने जनाइएको छ । दशकअघि ट्र्याक खुलेको सो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवतजावतका लागि स्थानीयलाई सास्ती हुने गरेको थियो । दुवै आयोजनाको ठेक्का अवधि २४ महीनाको छ । कच्ची, उकालो, ग्रेड र मोड नमिलेको सडक सुधार गरेर आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत हाल बेनीदेखि बाबियाचौरसम्मको १३ किलोमिटर सडक कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । यो योजना समानान्तर–लामा जेभीले ४५ करोडमा दुई वर्षअघि ठेक्का लिएको थियो । रासस

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार ००:००