१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ का हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

लेखक स्थानीय खबर/संवाददाता ८ भाद्र २०७६, आइतबार १ मिनेट पढाइ


हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक स्थानीय तहमा एक एक वटा उद्योग ग्राम स्थापना गरिने बताएका छन् ।

यहाँ जारी महिला उद्यमी मेलाको समापन गर्दै उनले प्रदेश सरकार महिला उद्यमीको मनोबल बढाउन तथा उद्योग व्यवसायको प्रवर्द्धन गर्न तयार रहेको बताए । कार्यक्रममा मुख्यमन्त्री पौडेलले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने धारणा राखे ।

समृद्धि कराएर वा रटान दिएरमात्रै प्राप्त नहुने बताउँदै उनले उद्यम नगरे समृद्धि नआउने उल्लेख गरे । उनले महिलाले सञ्चालन गरेका उद्यमलाई पुरुषको सक्दो सहयोग हुनुपर्ने धारणा राखे । नेपाली उत्पादनको लागत बढी भएकाले उनले लागत कम गर्न आवश्यक सीप वा प्रविधि भित्र्याउन आवश्यक रहेकामा जोड दिए ।

प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले महिला उद्यमीलाई विनाधितो ऋण दिनुपर्ने धारणा राखे । उनले विदेशी उत्पादन भित्र्याउनेभन्दा पनि नेपाली उत्पादनलाई विदेशी बजारमा पु¥याउन पहल गरिनुपर्ने बताए ।

अर्का प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले महिला साच्चै नै इमान्दारितापूर्वक व्यवसाय सञ्चालन गर्छन् भन्ने कुरा धेरै उदाहरणले पुष्टि गरिसकेकाले उनीहरुको उद्यमशीलतालाई थप विकसित बनाउन विना हिच्किचाहट लगानी गर्न वित्तीय संस्थालाई अनुरोध गरिन् । रासस

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।