१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले सम्पर्क टुट्यो




धादिङ । विकट उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका ५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ ।

केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोलामा थुनिएको र खोलो उक्त स्थान पार गर्ने नसकिनेगरी पहिरो झरेकाले गाउँबाट अन्य गाउँसँग सम्पर्क विच्छेद भएको गाउँपालिका ५ का वडाध्यक्ष धीरज तामाङले बताए ।

पैँसट्ठी घरधुरी रहेको नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र तातोपानी हुँदै जाने बाटोमा आएको पहिरोले बाटो र खोलासमेत थुनिएकाले सँगै अन्य गाउँको सम्पर्क टुटेको स्थानीयवासी टिसमान तामाङले जानकारी दिए ।

जिल्ला सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको नेवेर गाउँ गणेश हिमालको फेदीमा रहेको तामाङ समुदायको बस्ती हो । आवतजावत नै बन्द भएकोले गाउँमा कुनै समस्या तथा विपद् पर्दा सहयोगसमेत उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको छ । रासस

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार ००:००