१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोरायल गाउँपालिकाको भवन शिलान्यास



जोरायल गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न थालेको छ ।

भवन नहुँदा जनताका कामकाज गर्नमा समस्या भएको भन्दै उक्त गाउँपालिकाले १ करोड रुपैयाँ लागतमा १४ कोठे भवन निर्माणको काम सुरू भएको छ ।

जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले नयाँ निर्माण हुन लागेको भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरे ।

उक्त भवनको निर्माण कार्य आउँदो वर्षको जेठ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको ओझाले बताए ।

“गाउँपालिकाको आफ्नै भवन नहुँदा जनताका काम गर्न समस्या झेल्दै आएका छौं,” ओझाले भने, “भवन निर्माण भएपछि सेवाप्रवाहमा सझिलो हुनेछ ।”

उक्त भवन भूकम्परहित र अपाङ्गमैत्री प्रविधिको बनाइने योजना रहेको गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले जानकारी दिइन् । रासस

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार ००:००