७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गरिन्छः मुख्यमन्त्री गुरुङ



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्ने बताएका छन् ।

प्रेस सङ्गठन नेपाल गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले अवैध क्रसर उद्योग, ढुङ्ङगा गिटी र बालुवा उत्खनन् गर्न नदिइने दृढता व्यक्त गरे ।

‘‘क्रसर उधोग वा ढुङगागिटी बालुवाको व्यवस्थापन, नियमन गर्ने र कानून बनाउने काम प्रदेश सरकारको हो,’’ उनले भने, “हामीले बनाएका मापदण्ड पनि कुनै ठाउँका लागि अव्यावहारिक भएको हुनसक्छ त्यसलाई संशोधन गर्ने अवस्था गरेर अगाडि बढ्ने कुरा होे । त्यसलाई अझ व्यवस्थित गर्ने काम प्रदेश सरकारले गरिरहेको छ ।”

अझैपनि प्रदेशभित्र धेरै ठाउँमा अवैध रुपमा ढुङ्गा गिटीको उत्खनन गर्ने र क्रसर सञ्चालन गर्ने काम भइरहेको पाइएको उनको निष्कर्ष छ ।

गएको आर्थिक वर्षमा केही गञ्जागोल धेरै भएकाले नियमनका प्रक्रियामा कमी कमजोरी भएको भए पनि आगामी दिन अवैधानिक काम गर्न कसैलाई छुट नहुने मुख्यमन्त्री गुरुङले बताए ।

स्थानीय सरकारका लागि थोरै भए पनि राजश्व आउछ भनेर प्रदेश सरकारले उत्खननको अनुमति दिएको भए पनि कतिपय ठाउँमा मापदण्ड विपरीत उत्खननको काम भएको पाइएको पनि उनले खुलासा गरे ।

“प्रदेश कानून बमोजिम स्थानीय तहले त्यसको सङ्कलन गर्ने राजश्व उठाउने भनिएको हो,” उनले भने, “जथाभावी उत्खनन हँुदा त्यसले दीर्घकालीन असर पुग्छ भन्ने कुरा सोच्नु पर्छ ।” रासस

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार ००:००