७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेशका सबै जिल्लामा शीतभण्डार निर्माण हुने



गोरखा । गण्डकी प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेश भित्रका सबै जिल्लामा शीतभण्डार निर्माण गर्ने बताएका छन् ।

प्रेस सङ्गठन गोरखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले प्रदेशभित्र उत्पादित कृषि तथा मासुजन्य वस्तु लामो समयसम्म जोगाइ राख्न प्रदेश सरकारले शीतभण्डार निर्माण गर्ने काम अघिल्लो आवदेखि नै शुरु गरेको बताए ।

“गएको आवमा कास्की र लमजुङमा शीतभण्डार निर्माणको कामले पूर्णता पाएको छ, बाँकी जिल्लामा चालू आवमा निर्माण गरिने योजना छ”, उनले भने । शीतभण्डार निर्माणपछि उत्पादित सामग्री तत्काल बिक्री भएन भन्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।

मन्त्री थापाले भने, “यसले कृषकहरुको मेहनत पनि खेर जान पाउँदैन भने उत्पादित उपयुक्त समयमा बजार व्यवस्थापन गर्न पनि सजिलो हुन्छ ।” मन्त्री थापाले प्रदेश भित्रका ११ जिल्लामा शीतभण्डार निर्माण गर्ने योजना प्रदेश सरकारको प्राथामिकतामा रहेको बताए । “त्यसका लागि आवश्यक बजेट प्रदेश सरकारले विनियोजन गरिसकेको छ, निर्माण प्रक्रिया अब तत्काल शुरु गरी चालू आव भित्रका सबै जिल्लामा शीतभण्डार तयार भइसक्नेछन् ।” रासस

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार ००:००