१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनुमानित प्रगति र लक्ष्य हासिल भएको मुख्यमन्त्री राईको भनाइ



विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत आर्थिक वर्षमा अनुमान गरिएका लक्ष्य र प्रगति हासिल भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७५÷७६ को मन्त्रालयगत समीक्षा तथा आव २०७६÷७७ को बजेट कार्यान्वयन योजना प्रस्तुत कार्यक्रममा उहाँले सो कुरा बताएका हुन् ।

यस किसिमको समीक्षा पहिलो पटक भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले हाम्रो प्रगतिको कुरा कागज तथा समीक्षामा मात्र सीमित नभएर कार्यक्षेत्रमा पनि हुनुपर्ने र यसका लागि अनुगमन, कामको गुणस्तरको जाँच, नियमितता र पारदर्शीता हुनुपर्नेमा जोड दिए ।

गएको वर्षमा कर्मचारी तथा नियम कानून र निर्देशिकाको अभावका साथै संरचनागत कार्यालय नभएका कारण प्रगति उल्लेखनीय हुन नसकेको भन्ने छुट नयाँ आर्थिक वर्षमा नपाइने भन्दै उनले चालू आवको बजेटको कार्यान्वयन निर्देशिका पनि तयार गरिने जानकारी दिए ।

मुख्यमन्त्री राईले चालू आवमा ठेक्कापट्टामा लाग्ने बोलपत्र असोज महीनाभित्र सक्न र कात्तिकबाट काम शुरु गर्न मातहतका सबै मन्त्रालय, निर्देशनालय, महाशखाका प्रमुखलाई निर्देशन दिँदै असारे विकासको मनस्थिति त्याग्न आग्रह गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, मुख्यसचिव सुरेश अधिकारी, मन्त्रालयका सचिव, निर्देशनालयका निर्देशक र महाशखाका प्रमुखको सहभागिता थियो । रासस

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार ००:००