५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक महीनापछि सिद्धिचरण लोकमार्ग खुल्यो



सिद्धिचरण लोकमार्ग एक महीनापछि खुलेको छ । वर्षात्सँँगै आएको पहिरोका कारण असार २६ गतेदेखि अवरुद्ध भएको सडक आजदेखि सञ्चालन भएको हो ।

बेतेनी–घुर्मी खण्डमा पर्ने २५ किलोमिटरअन्तर्गत कटारी नगरपालिका– ११ ठाटीभञ्ज्याङ र लप्सेको भिरसहित दर्जन बढी स्थानमा पहिरोका कारण सडक एक महीनादेखि अवरुद्ध थियो ।

कटारी–घुर्मी सडकखण्डको ठाँटीभञ्ज्याङमा भएको अवरोध हटेसँगै सवारी साधन सञ्चालन भएको सडक डिभिजन कार्यालय लहानका सुपरभाइजर कुमार प्याकुरेलले बताए ।

ठाँटीभञ्ज्याङमा पहिरोले सडकको बेस नै भत्काएकाले हाइट कटिङ गरेर बेस बनाएर अर्को सडक खनेर सडक सञ्चालन गरिएको उनले बताए ।

“लामो कसरतपछि सडक सञ्चालन भयो । अब आवतजावतमा समस्या छैन”, प्याकुरेलले भने । सडक सञ्चालन भएसँगै उदयपुरको कटारी हुँदै तराईबाट ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु आवतजावत गर्ने साना तथा ठूला सवारी सञ्चालनमा आएका छन् ।

कटारी–घुर्मी सडकखण्ड अवरुद्ध खुलेसँगै प्रदेश नं १ को माथिल्लो तीन जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा खाद्यान्न, इन्धनलगायत सामग्री ढुवानी सुरू भएको छ ।

यी तीन जिल्लाका लागि आवश्यक खाद्यान्न, इन्धनलगायतका सामग्री सिद्धिचरण लोकर्मागबाटै भित्रिने गर्दछ ।

सिद्धिचरण लोकमार्ग तीन जिल्लालाई तराई तथा प्रदेश राजधानी विराटनगरसँग जोड्ने मुख्य मार्ग हो ।

अवरुद्ध हुँदा यी तीन जिल्लामा बर्दिवास–सिन्धुली–खुर्कोट हँुदै सामान तथा यात्रु आवतजावत गर्नुपर्ने बाध्यता थियो । रासस

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार ००:००