२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेका दुई स्थानीय तहमा विपद् पूर्वानुमान गर्न सेन्सर जडान

लेखक स्थानीय खबर/संवाददाता २२ श्रावण २०७६, बुधबार २ मिनेट पढाइ

बाँके । विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो ।

स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन ९एनसिडीआर०को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो । जडान गरिएका सेन्सरलाई नियन्त्रण गर्नका लागि कोहलपुर नगरपालिका परिसरमा प्राविधिक कक्षसमेत स्थापना गरिएको छ ।

सेन्सरबाट प्राप्त सूचनाहरुलाई अध्ययन गर्दै सोही कक्षबाट विपद्सम्बन्धी पूर्वानुमान लगाउन सकिने एनसिडीआरका निर्देशक डा चेङ होङले जानकारी दिए । एनसिडीआरका निर्देशक डा चेङ होङका अनुसार सेन्सरले विपद् आउनुअघि साइरनमार्फत जानकारी दिनेछ । सेन्सरले विपद्सम्बन्धी सबै सूचना सङ्कलन गरी सर्वसाधारणलाई जानकारी दिने व्यवस्थासमेत मिलाइएको छ ।

मोबाइल एप्लिकेसनमार्फत मोबाइलबाटै जानकारी लिन सकिने उक्त प्रविधिले सेन्सरबाट ३ रेक्टर स्केलभन्दा बढीको भूकम्प आउँदा, वर्षाको पानी र हावाहुरीसमेत मापन गर्ने जनाइएको छ । करीब तीन महीना लगाएर दुई स्थानीय तहमा सेन्सर जडान गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

प्राकृतिक विपद् भूकम्प, बाढी, डुबान, वर्षा र हावाहुरीबारे पूर्वसूचना प्रणालीका लागि कोहलपुर नगरपालिकाका छ स्थान र बैजनाथ गाउँपालिकाकाका छ स्थानमा सेन्सर जडान गरिएको प्रमुख रावतले बताए । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले सेन्सर जडानपछि विपद्बाट हुने सम्भावित जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए ।

सेन्सर जडानका लागि कोहलपुर नगरपालिकाका प्रमुख रावत र बैजनाथ गाँउपालिकाका प्रमुख रुचाल केही समयअघि ताइवान पुगेर ताइवानी संस्था एनसिडीआरसँग सहमति गरेका थिए । रासस

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।