१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठेपुल बगाउँदा आवतजावतमा समस्या




सुर्खेत । तिला गाउँपालिका ३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयवासीलाई समस्या भएको छ । तिलानदीमा शनिबार आएको बाढीले ४० वर्षअघि बनाएको काठेपुल बगाएको हो ।

बाढीले पुल बगाएपछि अहिले वारपार बन्द भएको तिला गाउँपालिका ३ जुम्ला लुम्सेरागाउँका स्थानीयवासी दीपेन्द्रराज हमालले बताए । झोलुङ्गे पुल नबनेको अवस्थामा काठको पुल बग्दा तत्काल वारपार गर्ने विकल्पका लागि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लासँग गुहार मागिएको उनले बताए ।

उनका अनुसार स्थानीयवासीको नदी किनारका धान खेतसमेत बाढीले पुरेको छ । सूर्य सामाजिक सेवा सङ्घ जुम्लाले करीब ५० लाखको लागतमा दुई वर्षअघि शुरु गरेको झुलुङ्गे पुल तत्कालै बन्ने अवस्था नरहेकाले त्यहाँस्थित ४१ घरधुरीका स्थानीयवासीलाई सकस परेको जनाइएको छ । रासस

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार ००:००