२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भब्सी खोलामा बेलिब्रिज निर्माण, यातायात सञ्चालन




गौशाला । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ ।

असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुलमा यातायात अवरुद्ध हुँदै आएको थियो ।

पुल बगाएपछि खोलामै डाइभर्सन भएर वा २५ ३० किलोमिटर टाढाबाट घुमेर जङ्गलको बाटो हुँदै यातायात सञ्चालन हुँदै आएको थियो भने बाढी आएको बेला पटक–पटक डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएकामा गए राति सो खोलामा ४८।८ मिटर लामो बेलिब्रिज निर्माणकार्य सम्पन्न भएको र यातायात सेवा पनि सञ्चालन भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार मौवारले बताए ।

उनका अनुसार सो बेलिब्रिजको क्षमता ९८ टन बोक्ने रहे पनि त्यसमाथिबाट अहिले एक पटकमा ३५ टन बोकेका यातायातका साधनलाई मात्रै इजाजत दिइएको हो । रासस

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार ००:००