१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झुम्का सेल्फी ब्रिज उद्घाटन




इनरुवा । सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले उद्घाटन गरेका हुन् ।

२९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले बताए । फलामे सो पुलमा स्थानीयवासीले सेल्फी खिच्ने हुँदा त्यसलाई सेल्फी ब्रिज भनेर नामकरण गरिएको हो ।

कोइरालाको सांसद विकास कोषको रकमबाट २४ लाख ७५ हजार र जनसहभागिताबाट चार लाख ९५ हजार गरी जम्मा २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिजको निमार्णकार्य सम्पन्न हो । उद्घाटन कार्यक्रममा रामधुनी नगरप्रमुख जयप्रकाश चौधरी, सांसद ज्योति सुब्बा, रामधुनी काङ्ग्रेसका नगर सभापति सुदीप अधिकारी लगायतको सहभागिता रहेको थियो । रासस

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार ००:००