५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्लाफाँटा नगरपालिकाः ३ वडा कार्यालय भवन निर्माण




कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडा कार्यालय भवन निर्माण गरिएका छन् । भवन निर्माणका लागि प्रतिभवन ८० लाख खर्च गरिएको छ । वडा नं ७, ८ र १२ मा वडा कार्यालयका पक्की सुविधासम्पन्न भवन निर्माणको कार्य पूरा भई कार्यालय सञ्चालन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताए ।

निर्माण भएका भवनमा बैठक कक्ष, तीन कार्यालय कक्ष, शौचालय र ‘वासरुम’ सहितको व्यवस्था गरिएको छ । वडा नं १, ५ र ११ का कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन भवनसमेत ८० लाखका दरले निर्माण भइरहेको अधिकृत थापाले बताए ।

चालू आवमा दुई वडा कार्यालयका भवन निर्माणका लागि एक करोड ६० लाख रकम नगरपालिकाको नगर परिषद्ले स्वीकृत गरेको छ । सर्वसाधारणलाई घरदैलोमै सेवा पुर्याउन वडा कार्यालय भवन निर्माण गरिएको अधिकृत थापाको भनाइ छ ।

भवन निर्माण नभएका वडा नं २, ३, ६ र ९ का कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । वडा नं ४ र १० का कार्यालय नगरपालिकाका पुराना भवनमा सञ्चालन भइरहेका छन् । रासस

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार ००:००