पर्वत । पहिरोका कारण घरबारबिहीन बनेका यहाँका २२ परिवारले एक वर्षपछि नयाँ घर पाएका छन् । जलजला गाउँपालिका ४, ७ र ८ का २२ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।
गत वर्ष साउन १ गतेको बाढी र पहिरोपीडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सीजीके र आईएनफए संस्थाको सहयोगमा निर्माण गरिएका घर हस्तान्तरण गरिएको हो । जलजला गाउँपालिका ८ बेरनेटामा मा १७, वडा नं ७ लस्तीमा चार र वडा नं ४ मिलनचोकमा ९३ लाख ९४ हजारको लागतमा पहिरोपीडितका लागि दुईकोठे घर निर्माण गरिएको हो ।
पीडितलाई घर बनाउन जग्गा उपलब्ध गराएको जलजला ८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र प्रजिअ कल्पना घिमिरेले घर हस्तान्तरण गरेका हुन् । पहिरोपीडित अधिकांश दलित समुदायका रहेका छन् । रासस
प्रतिक्रिया