१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ का सबै स्थानीय तहमा शान्तिपार्क निर्माण गरिने




हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेशभित्रका सबै स्थानीय तहमा शान्तिपार्क निर्माणको काम शुरु गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका सबै ११९ स्थानीय तहका एक–एक स्थानलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न भन्दै शान्तिपार्क निर्माण गर्न लागेको हो ।

तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी काम शुरु गर्न लागिएको आन्तिरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । शान्तिपार्क निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि मात्र १० करोड बजेट छुट्याइएको उनले बताए ।

उनले भने, “अहिले बजार क्षेत्रमा घरैघर बनेका छन्, बस्ती निकै साँघुरा हुनथाले, घुम्न निस्कनका लागि पनि ठाउँ छैन, त्यसैले सबै क्षेत्रका नागरिकका लागि घुम्न रमाउनका लागि शान्तिपार्क निर्माण गर्ने योजना बनाएका हौं ।” शान्तिपार्क निर्माण गर्न चाहने स्थानीय तहले ५० प्रतिशत लगानी गर्न प्रतिबद्धता जनाए मात्र प्रदेशले बजेट पठाउने जनाइएको छ । रासस

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार ००:००