१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ का सबै स्थानीय तहमा ‘वास’ कार्यक्रम




बुटवल । प्रदेश नं ५ सरकारले प्रदेशका सम्पूर्ण स्थानीय तहमा खानेपानी सरसफाइ तथा स्वच्छता ९वास० कार्यक्रम लागू गर्नेभएको छ । प्रदेश सरकारले स्थानीय तहमा खानेपानी तथा सरसफाइ योजनामा एकरुपता कायम गर्ने उद्देश्यले यस्तो कार्यविधि स्वीकृत गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशका स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्न खानेपानी सरसफाइ तथा स्वच्छता ९वास० कार्यविधि, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

वास कार्यविधिमा प्रदेशका सम्पूर्ण स्थानीय तहले आफ्नो पालिकामा कार्यक्रम सञ्चालन गर्न वासको कायविधि बनाउनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय तहका कार्यविधिअनुसार उनीहरुले कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको खानेपानी महाशाखाले अनुगमन गर्ने छ ।

कार्यविधिअनुसार प्रदेश सरकारले निर्माण गरेको एप्सअनुसार स्थानीय तहले आफ्नो पालिकामा खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रमका लागि आवश्यकता अनुसारको निवेदन आह्वान गर्नसक्ने व्यवस्था मिलाइएको छ । यसैगरी बैठकले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी कार्यविधि, २०७६ समेत स्वीकृत गरेको छ । यो कार्यविधिले प्रदेशमा सञ्चालन हुने शैक्षिक परामर्शसम्बन्धी संस्थाले अब प्रदेश सरकारले व्यवस्था गरे बमोजिम प्रदेश सरकारबाट अनुमति लिनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको प्रवक्ता चौधरीले बताए ।

बैठकले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीको नेतृत्वमा चीन भ्रमणमा जाने सदस्यको भ्रमण स्वीकृत गर्ने निर्णयसमेत गरेको चौधरीले बताए । चिनको कान्सु प्रान्तको सरकारका तर्फबाट मुख्यमन्त्री शङ्कर पोखरेललाई आएको भ्रमणको निम्तोमा मन्त्री गिरीको नेतृत्वमा नौ सदस्यीय टोलीलाई पठाउने निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

भ्रमणमा प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने, सरस्वती गौतम, निर्मला क्षेत्री, बाबुराम गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वसन्त अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कृष्ण केसी र लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा सागर न्यौपाने जाने छन् ।

बैठकले रुपन्देहीको सैनामैना नगरपालिका र चीनको कान्सु प्रान्तअन्तर्गत ‘गान्नन तिब्बतियन अटोनोमस पर्फेक्चर’ बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारलाई सिफारिस पठाउने निर्णयसमेत गरेको छ । रासस

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार ००:००