४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलम्बुलाई फेरी स्याउको पकेट क्षेत्र बनाउने प्रयास सुरू



कुनै समय व्यापक चर्चा कमाए पनि रोगले सखाप पारेपछि स्याउबाट पहिचान गुमाएको सिन्धुपाल्चोकको हेलम्बुलाई पहिलेकै अवस्थामा फर्काउन पुनः स्याउका बिरुवा लगाइएको छ ।

हेलम्बु गाउँपालिकाको पहलमा इटालीबाट बिरुवा झिकाई परीक्षणका रुपमा २ सय स्याउका बिरुवा रोपिएका गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

गाउँपालिकाले ४ लाख लगानी गरी गोल्डेन वेलिसेस फुजी र गाला प्रजातिका स्याउका बिरुवा झिकाई ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको कृषि प्राविधिक चाहना कार्कीले बताइन् ।

गत माघमा झिकाएर रोपिएका स्याउ फल्नसमेत थालिसकेका छन् । बोट रोप्दा ठुला रोपिएकाले चाँडै स्याउ फल्न थालेको छ । तर बिरुवालाई स्वस्थ राख्न पहिलो वर्षको फल सबै टिपेर फालेको र आगामी वर्षदेखि मात्र खान उपयुक्त हुने प्राविधिक कार्कीले बताए

झिकाइएका बिरुवा वडा नं. १ हेलम्बु, वडा नं २ नं. किउल र वडा नं ५ महाङ्कालमा लगाइएको छ । परीक्षणका रुपमा लगाइएका सबै बिरुवा हालसम्म स्वस्थ रहेका र राम्रो उत्पादन दिएमा अरू विस्तार गरिने छ ।

नेपालमा स्याउको उत्पादन नभएको समय २०३० को दशकमा गोल्डेन एप्पलले हेलम्बुले चर्चा कमाएको थियो । त्यहाँका अधिकांश किसान भारतमा रोजगारीका लागि जाने र फर्कने समयमा काश्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेका थिए ।

तत्कालीन समयमा यातायातको सुविधा नहँुदा पनि उत्पादित स्याउ ज्यामीद्वारा ढुवानी गरी राजधानी पुग्ने गरेका थिए ।

तर रोपेको केही वर्षपछि झ्याउ जस्तो लहराले क्रमशः बोट सुक्न थालेपछि नियन्त्रण हुनै नसकी २०४० सालमा आइपुग्दा स्याउको बोट सुकेको थियो । रासस

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार ००:००