५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाेदावरीकाे चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा




ललितपुर । गोदावरी नगरपालिका १० चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा स्थापना गरिएको छ । सो बैंक स्थापना भएसँगै चापागाउँवासीले थप सेवा सुविधा पाउने भएका छन् ।

सो अवसरमा शाखाको उद्घाटन गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले चापागाउँमा बैंक स्थापना गर्न प्रचुर मात्रामा लगानी गर्ने वातावरण रहेको जानकारी दिए । उनले भने, “उत्पादनमूलक एवं कृषि क्षेत्रमा गरिने लगानीबाट आर्थिक समृद्धि हुनेछ ।”

सो बैंक सञ्चालनका लागि नगरपालिकाबाट सदैव आवश्यक समन्वय र सहयोग रहने महर्जनले प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले चापागाउँमा स्थापित बैंक शाखाले सबै जनतालाई सुलभ सेवा दिने बताए । रासस

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार ००:००