१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकमुनि बिछ्याइएका पाइपले काम अवरुद्ध



काठमाडौं । निर्माणाधीन चावहिल–साँखु सडकमा चुच्चेपाटी क्षेत्रमा सडकमुनि बिच्छ्याइएका पाइपका कारण समस्या आइरहेको छ ।

यस क्षेत्रमा दुई वर्षमा दुई पटकसम्म कालोपत्र गरे पनि भत्किरहेको छ । यस स्थानमा खानेपानीका झण्डै डेढ सयवर्ष पुराना पाइप बिच्छ्याइएको हुँदा पटक पटक समस्या आइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

चुच्चेपाटीमा पासाङल्हामु शेर्पाको सालिक आसपास झण्डै १५० मिटर क्षेत्रमा यस्तो समस्या रहेको छ । पाइपकै कारण सडकमा जति पटक कालोपत्र गर्दा पनि उप्किरहेको आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले बताए । मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याएपछि एक पटक र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका समयमा गरेर यस सडक दुई वर्षमा दुई पटक कालोपत्र गरिएको उनले बताए ।

सडकमा अन्यत्र काम भइरहे पनि यस खण्डमा पाइपकै कारण काम हुन सकेको छैन । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यले शुरु भए पनि सडक क्षेत्रका स्थानीयवासीको अवरोधका कारण काममा ढिलाई भइरहेको छ । आयोजनाले अहिले उपलब्ध चौडाइमा सडक निर्माणको काम गरिरहेको छ । काठमाडौं जिल्लामा पाँच, ललितपुरमा पाँच र भक्तपुरमा एक सडक विस्तार चार वर्ष पहिले शुरु भएकोमा अहिलेसम्म सम्पन्न भइसकेको छैन । रासस

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार ००:००