५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचखपन नगरपालिकाः पहिराले दुई घरमा क्षति



खाँदबारी । अविरल वर्षाले सङ्खुवासभाको पाँचखपन नगरपालिकाकाको वडा नं १ र ५ मा दुई घर भत्किएका छन् ।

वडा नं १ मा राजकुमार राईको घर भत्किएको त्यहाँका वडाध्यक्ष टेकबहादुर बुढाथोकीले बताए । त्यसैगरी पहिराले वडा नं ५ को पीपलडाँडामा नरबहादुर तामाङको घर भत्किएको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षाका कारण पहिराले नरबहादुरको गोठसमेत पुरिँदा एक हल गोरु मरे पनि मानवीय क्षति भने नभएको बताइएको छ ।

त्यस्तै पहिराका कारण वडा नं ७ को जलजला माध्यमिक विद्यालय बिहीबारेको दुई कोठे पक्की शौचालय भवन बगाएको छ भने विद्यालय भवनसमेत पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ३० असार २०७६, सोमबार ००:००