११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरमा गोली हानाहान, दुईको मृत्यु एक घाइते



असार २५, भोजपुर । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्नसाथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ००:००