१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रम्भा गाउँपालिकामा लोपोन्मुख कला संस्कृति र पेशा संरक्षण अभियान




असार २३, रामपुर । पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकामा लोपोन्मुख कला संस्कृति र पेशाको संरक्षण गर्ने अभियान शुरु गरेको छ । गाउँपालिकाले पालिकाभरि बस्ने दलित समुदायलाई लक्षित गरी उनीहरुलाई जातीय पहिचान जोगाउन अभियान थालेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले एक कार्यक्रमको आयोजना गरी आरनका सामग्री, विद्युतीय पङ्खा, फलाम कटर, ग्रेन्डर तथा गन्धर्व समुदायका लागि संस्कृतिको संरक्षण गर्न बाजा सारङ्गी, मादल, केसियो, डफली, घङ्गुराका साथै नौमती, पञ्चेबाजा लगायतका सामग्री वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

अध्यक्ष भण्डारीले दलित समुदायका परम्परागत पेशा तथा लोपोन्मुख संस्कृतिको संरक्षण गर्न सोही समुदाय अग्रसर हुनुपर्ने बताए । उनले यसका लागि सहयोग गर्न गाउँपालिका सदैव तयार रहेको पनि स्पष्ट पारे । भण्डारीले गाउँपालिकाले परम्परागत पेशा सुदृढीकरण कार्यक्रमअन्तर्गत यस्ता पेशा व्यवसाय गरेका दलित समुदायमा सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।

बाजा पाएपछि दलित सञ्जाल समितिका सचिव जगत गन्धर्वले गाउँपालिकाले आफूहरुका लागि यसरी सहयोग गर्नेछ भनेर नसोचेको उल्लेख गर्दै अब समुदायका संस्कृतिलाई हराउन नदिने बताए । समितिले बाजा पाएपछि दलित समुदायले सामूहिकरूपमा बाजा बजाएर गीत गाउँदै रमाइलोसमेत गरेका थिए । रासस

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ००:००