१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिप्लव समुहले लागाएको ताला खोली वडा कार्यालयद्वारा काम शुरु




असार २२, धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानीय तहका १२ वटा वडा कार्यालयमा बिप्लव समूहका कार्यकर्ताले लगाएको ताला खोलेर आज कार्यालय सञ्चालन गरिएको छ ।

प्रहरी टोलीले वडा कार्यालयहरुमा लगाइएको ताला खोलेको हो । बिप्लव समूहका कार्यकर्ताले जिल्लाको चुरे, मोहन्याल र कैलारी गाउँपालिका बाहेकका स्थानीय तहका वडा कार्यालयहरुमा गए रातिदेखि आज बिहानको समयसम्म ताला लगाएको र थप १३ वटा वडा कार्यालयमा पर्चा छरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । धनगढी उपमहानगरपालिकाका केही वडामा पनि उक्त समूहले ताला लगाएको थियो ।

गोदावरी नगरपालिका ७ र ८ को वडा कार्यालयमा भेटिएको बमजस्तो देखिने शङ्कास्पद वस्तु नेपाली सेनाले आज निस्क्रिय तुल्याएको छ । तालाबन्दी गर्ने, शङ्कास्पद वस्तु छोड्ने जस्ता गतिविधिले स्थानीयवासीमा त्रास फैलिएको छ । रासस

प्रकाशित मिति : २२ असार २०७६, आइतबार ००:००