१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिप्लव समुहले लागाएको ताला खोली वडा कार्यालयद्वारा काम शुरु




असार २२, धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानीय तहका १२ वटा वडा कार्यालयमा बिप्लव समूहका कार्यकर्ताले लगाएको ताला खोलेर आज कार्यालय सञ्चालन गरिएको छ ।

प्रहरी टोलीले वडा कार्यालयहरुमा लगाइएको ताला खोलेको हो । बिप्लव समूहका कार्यकर्ताले जिल्लाको चुरे, मोहन्याल र कैलारी गाउँपालिका बाहेकका स्थानीय तहका वडा कार्यालयहरुमा गए रातिदेखि आज बिहानको समयसम्म ताला लगाएको र थप १३ वटा वडा कार्यालयमा पर्चा छरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । धनगढी उपमहानगरपालिकाका केही वडामा पनि उक्त समूहले ताला लगाएको थियो ।

गोदावरी नगरपालिका ७ र ८ को वडा कार्यालयमा भेटिएको बमजस्तो देखिने शङ्कास्पद वस्तु नेपाली सेनाले आज निस्क्रिय तुल्याएको छ । तालाबन्दी गर्ने, शङ्कास्पद वस्तु छोड्ने जस्ता गतिविधिले स्थानीयवासीमा त्रास फैलिएको छ । रासस

प्रकाशित मिति : २२ असार २०७६, आइतबार ००:००