२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विषादीयुक्त फलफूल तरकारीको आयात रोक्न माग

लेखक स्थानीय खबर/संवाददाता २२ असार २०७६, आइतबार १ मिनेट पढाइ


असार २२, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गरेका छन् । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाए ।

सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलफूल तथा तरकारी आयात रोक्न आग्रह गरे । सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीको विषादी परीक्षण गर्न माग गरिन् ।

सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाँउपालिकामा पहिरोबाट जनधनको क्षति भएको बताउँदै घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरे । उनले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गरे ।

सांसद कृष्णप्रसाद दाहालले वातावरण खराब हुने गरी बाटोघाटो निर्माण रोक्नुपर्ने सुझाव दिए भने कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको तर्क गरे । सांसद कृष्णबहादुर राईले विश्वसम्पदा सूची मरुभूमीकरण बन्दै गएकामा चिन्ता व्यक्त गरे । सांसद उमा रेग्मीले सुझबुझविना सरकारले विधेयक ल्याउने गरेको आरोप लगाइन् । सांसद खेमप्रसाद लोहनीले सीतापाइला–धार्के सडक तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए । रासस

प्रकाशित मिति : २२ असार २०७६, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।