१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युत ट्रान्सफर्मर जडान नहुँदा डिपबोरिङ सञ्चालनमा आउन सकेन




असार २२, विराटनगर । मोरङको सुनवर्सी नगरपालिकामा निर्माण सम्पन्न भएको डिपबोरिङ विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन । सुनवर्सी नगरपालिका ५ मा निर्माण गरिएको बोरिङ विगत दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

सङ्घीय सांसद शिवकुमार मण्डलको सांसद विकास कोषको ३५ लाख लागतमा निर्माण गरिएको उक्त बोरिङ सञ्चालनमा आउन सकेको भए त्यस क्षेत्रका २०० बिघाभन्दा बढी जग्गामा सहजरूपले सिँचाइ पु¥याई उत्पादन वृद्धि हुने थियो । राष्ट्रिय प्रसारण लाइन पुगेको उक्त स्थानमा एउटा ट्रान्सफर्मर जडान गर्न नसक्दा कृषि उत्पादन वृद्धि गर्ने सोच दुई वर्षदेखि अलपत्र परेको स्थानीय बासिन्दाको गुनासो छ ।

नेपाल विद्युत् प्राधिकरणलाई पटक–पटक भन्दा पनि बेवास्ताको कारण लगानी बालुवामा पानी हालेजस्तो भएको उनीहरुको भनाइ छ । बोरिङ सञ्चालनका लागि ११ हजार केभीको प्रसारण लाइन पु¥याएर २०० केभीको ट्रान्सफर्मर जडान गर्नुपर्ने हुन्छ ।

आयोजनाको काम सम्पन्न नहुँदा खेतबारीमा सहजरूपमा सिँचाइ गरी नगदेबालीमार्फत आम्दानी वृद्धि गर्ने आस मरेको कृषक रामकेवल साहले बताए । बोरिङ सञ्चालनका लागि १५ हर्षपावरको मोटर जडान गरिएको छ । रासस

प्रकाशित मिति : २२ असार २०७६, आइतबार ००:००