२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ घण्टापछि आगो नियन्त्रणमा



असार २१, पर्सा । वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा सञ्चालित सुशील वनस्पति प्रालिमा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा आएको छ ।

उद्योगको प्याकेजिङ तथा गोदाममा बिहान २ः३० बजेदेखि लागेको आगो अपराह्न ४ः३० बजेपछि नियन्त्रणमा आएको हो ।

बारा र पर्सा जिल्लाका विभिन्न स्थानबाट आएका बारुण यन्त्रको सहयोगमा अग्नी नियन्त्रक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

उनले उद्योगमा आगलागी हुनुका कारणबारे अनुसन्धान भइरहेको बताए । आगलागीबाट २० करोड रुपैयाँ भन्दा बढीको धनमाल जलेर नोक्सान भएको उद्योगीले दाबी गरेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २१ असार २०७६, शनिबार ००:००