८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१८ जिल्ला समन्वय समितिलाई बेरुजु फर्छ्यौट गर्न निर्देशन



असार २१, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जिल्लाका जिल्ला समन्वय समितिलाई वेरुजु रकम फर्छ्यौट गर्न र त्यसको विवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौड्यालले आर्थिक वर्ष ०६९/७० को तत्कालीन १८ वटा जिविसले बेरुजु फर्छ्यौट अहिलेसम्म नगरेकोले दिनु परेको बताए ।

बाँके, कैलाली, गुल्मी, कालीकोट, डडेल्धुरा, बैतडी, धादिङ, अर्घाखाँची, रुपन्देही, काठमाडौँ, मुगु, सुर्खेत, धनुषा, उदयपुर, सङ्खुवासभा, महोत्तरी, दैलेख र जाजरकोट जिविसलाई फर्छ्यौट गर्न निर्देशन दिएको छ ।

तत्कालीन ती जिविसहरूले बिल भरपाई बिना नै रु १७ करोड ३० लाख खर्च गरेका थिए । आर्थिक वर्ष २०६९/७० को महालेखा परीक्षकको ५०औँ वार्षिक प्रतिवेदनमा उक्त बेरुजु रकम उल्लेख गरिएको थियो ।/

अहिलेसम्म पनि ती रकम साविक जिल्ला विकास समितिले कुन कुन शीर्षकमा कसरी खर्च गरेको हो ? सो मध्ये कति बेरुजु असुल उपर भयो के कति रकम सम्परीक्षण भई फर्छ्यौट भयो भन्ने जानकारी अहिलेसम्म मन्त्रालयलाई नदिएकाले पठाउन निर्देशन दिएको हो । रासस

प्रकाशित मिति : २१ असार २०७६, शनिबार ००:००