२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिप बोरिङबाट खानेपानी वितरण गरिने

लेखक स्थानीय खबर/संवाददाता १९ असार २०७६, बिहिबार १ मिनेट पढाइ


असार १९, विदुर । नुवाकोटको विदुर नगरपालिका–५ स्थित पीपलटारको मुख्य चोकमा डिप बोरिङबाट खानेपानी वितरण गरिने भएको छ ।

प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा, नगरपालिकाको कार्यालय, विदुर नगरपालिका–५ को वडा कार्यालय र स्थानीयवासीको आर्थिक सहयोगमा डिप बोरिङ निर्माण भएको हो । २० लाखको लागतमा निर्माण भएको बोरिङ निर्माणका लागि सांसद खतिवडाले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको सात लाख, विदुर नगरपालिका–५ कार्यालयबाट पाँच लाख, विदुर नगरपालिकाको कार्यालयबाट चार लाख र स्थानीयवासीको चार लाख सहयोग गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी उद्धव पनेरुले जानकारी दिए ।

पनेरुले डिप बोरिङको पानीले पीपलटारका करीब सय घरधुरी लाभान्वित हुने र बोरिङमार्फत प्रत्येक घरमा धारा जडान गर्ने बताए । सञ्चालनमा आएको डिप बोरिङको पानीबाट पीपलटार, माझगाउँ, देविघाट, भथ्रोक लगायतका स्थानमा खानेपानीको व्यवस्था सहज हुने बताइएको छ । बोरिङको पानीलाई एक साता परीक्षण गरी त्यसपछि वितरणको व्यवस्था मिलाइनेछ । रासस

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।