१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहले बजेट विवरण पठाएनन्



असार १७, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १२५ स्थानीय तहले अझै पनि बजेट विवरण पेश गरेका छैनन् । मन्त्रालयले बजेटको विवरण पठाउन निर्देशन दिएपछि ६२८ स्थानीय तहले विवरण पठाएको मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए ।

गत असार ११ गते सबै स्थानीय तहलाई तीन दिनभित्र गाउँसभ/नगरसभामा पेश गरेको बजेट विवरण पठाउन निर्देशन दिएको थियो । उनले विवरण नपठाउने स्थानीय तहलाई चाँडै नै पठाउनसमेत निर्देशन दिइएको बताए । मन्त्रालयले बजेट प्रस्तुत गरे नगरेको बारेमा सबै स्थानीय तहसँग जानकारी लिनका लागि विवरण माग गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार महीनाको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभ/नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार प्रायः सबै स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गरेका थिए । मुलुकमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार ००:००