२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धशान्ति गाउँपालिकाले २५ शैय्याको अस्पताल बनाउने

लेखक स्थानीय खबर/संवाददाता १६ असार २०७६, सोमबार १ मिनेट पढाइ


असार १६, भद्रपुर । झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शैय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६÷७७ मा अस्पताल बनाउन ५० लाख विनियोजन गरेको जानकारी दिए । चालू आवमा आवमा यही शीर्षकमा ३० लाख बजेट छुट्याइएको थियो ।

इलामको पहाडी र झापाको समथर भू–भागलाई जोड्ने सुन्दर र सानो गाउँपालिका बुद्धशान्तिमा हाल ठूला अस्पताल बनेका छैनन् । सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित पोलिक्लिनिक मात्र सञ्चालनमा छन् । गाउँपालिकाले वडा नं। १ मा २५ शैय्याको सुविधासम्पन्न अस्पताल बनाउन दातासँग मिलेर एक विघा जग्गाको व्यवस्था मिलाइसकेको र आगामी वर्षमै निर्माण कार्य सुरु गरिने अध्यक्ष भुजेलले बताए ।

छिमेकी मेचीनगर नगरपालिका र इलामको रोङ गाउँपालिकाबाट समेत सेवाग्राहीहरु आउने भएकाले बुद्धशान्तिमा कम्तीमा एउटा सुविधासम्पन्न अस्पताल अति आवश्यक भइरहेको बुधबारे उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्र चापागाइँ बताउछन् । उनले ५० शैय्याको अस्पताल बनाउन सके बिरामीको चाप धान्ने सुझाव दिएका छन् ।

हाल बुद्धशान्तिको वडा नं ३ र ५ मा स्वास्थ्य चौकी र अन्य वडाहरुमा स्वास्थ्य एकाइहरु छन् । गाउँपालिकाले बजेटबाटै मधुमेह र रक्तचापका बिरामीका लागि औषधि र गर्भवतीका लागि क्याल्सियम चक्की निःशुल्क वितरण गर्दै आएको जनाएको छ । रासस

प्रकाशित मिति : १६ असार २०७६, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।