२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका ३ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेनन्



असार १४, बैतडी । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर, बैतडीका तीन नगरपालिकाले अझै अगामी आर्थिक वर्ष २०७६÷७७ का लागि नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेका छैनन् ।

कानून अनुसार गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असारको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । तर, दशरथचन्द, पाटन र पुर्चौडी नगरपालिकाले बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

तयारी नपुगेकोले असार १० मा बजेट ल्याउन नसकेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । आज नगरकार्यपालिकाको बैठक रहेको र आइतबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने उनले बताइन् । पाटन नगरपालिकामा पनि आइतबारसम्म बजेट सार्वजनिक गर्ने तयारी भएको नगरउपप्रमुख सरस्वती कोलीले जानकारी दिइन् ।

यस्तै पुर्चौडी नगरपालिकाले असार २० गतेपछि मात्रै आगामी वर्षको बजेट सार्वजनिक हुने जनाएको छ । वडास्तरमा योजना तर्जुमा काम नसकिएको, टोल, बस्ती भेला जारी रहेकोले एक हप्ता अझै लाग्ने नगरप्रमुख रणबहादुर कुँवरले बताए ।

जिल्लाका १० मध्ये सात स्थानीय तहले यसअघि बजेट प्रस्तुत गरिसकेका छन् । मेलौली नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले बजेट सार्वजनिक गरिसकेका हुन् ।

डिलाशैनी गाउँपालिकाले ४६ करोड ६२ लाख ४२ हजार , मेलौली नगरपालिकामा ३७ करोड ६५ लाख ८९ हजार, शिवनाथ गाउँपालिकाले २८ करोड ७९ लाख १५ हजार ७९२ को बजेट सार्वजनिक गरिसकेका छन् ।
यस्तै दोगडाकेदार गाउँपालिकाले ४७ करोड पाँच लाख ९३ हजार , सिगास गाउँपालिकाले ४१ करोड ६६ लाख २३ हजार, सुर्नया गाउँपालिकाको ३१ करोड र पञ्चेश्वर गाउँपालिकाले ३३ करोड ४४ लाख ५० हजारको बजेट प्रस्तुत गरेका छन् । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् । रासस

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ००:००