७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा बैंक नहुँदा समस्या



असार १४, सप्तरी । सबै स्थानीय तहमा बैंङ्किङ सुबिधा पुर्याउने सरकारी कार्यान्वन नहुँदा सप्तरीबासीलाई समस्या भएको छ ।

सप्तरीको तिरुहुत गाउँपालिका, हनुमाननगर कङ्कालनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका लगायतका स्थानीय तहमा बैंक नहुँदा स्थानीयबासी सदरमुकाम राजविराजमा धाउनुपर्ने बाध्यता छ ।
हनुमाननगर कङ्कालनी नगरपालिका–२ का शिवचरण मण्डल बैंक नखुल्दा दैनिक कामकाज प्रभावित भएको बताउँछन् । “समान्य कामका लागि समेत राजविराज जानु परेको छ, समयसँगै फजुल खर्च हुने गरेको छ,” उनले भने ।

तिलाठी कोइलाडीका नीरज झा राजविराज जाँदा समेत एकै दिनमा काम नसिद्धिदा होटलमा बास बस्नु पर्ने बताउँछन् । सो गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले स्थानीय तहमा बैंक नहुँदा विकास निर्माणको काम प्रभावित हुने गरेको बताउनुभयो । “सानो रकम लिन पनि राजविराज धाउनुपर्छ”, सिंहले भने ।

यस्तै तिरुहुत गाउँपालिकामा बैंक नहुँदा दैनिक कामकाजका लागि त्यहाँका बासिन्दा सदरमकाम वा कञ्चनपुर जानुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष मनोज भडखेर यादवले बताए ।

सानोतिनो रकम भुक्तानी लिन सदरमुकाम जानुपर्छ । विदेशबाट पठाएको रकम लिन राजविराज जानुपर्दा सर्वसाधारण हैरान छन् । घण्टौँ लाइनमा बस्नुपर्छ । जिल्लामा नौ नगरपालिका तथा नौ गाउँपालिका रहेको छ । चार स्थानीय तहमा मात्र बैंक स्थापना गरिएको छ । रासस

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ००:००