१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्दीपुरमा गाउँपालिकामा बसपार्क निर्माण



असार ९, तनहुँ । बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारमा बसपार्क निर्माण गरेको छ । बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गर्दै बसपार्क निर्माण गरिएको गाउँपालिकाका प्रमुख पूर्णसिंह थापाले बताए ।

सार्वजनिक जग्गाको अभाव भएकाले मासिक ३ हजार रुपैयाँ भाडा बुझाउने गरी १५ वर्षको लागि ५ रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो ।

गाउँपालिकाले जग्गा भाडामा लिएर भए पनि बसपार्क निर्माण कार्य गरिदिए पछि बन्दीपुरका पर्यटन व्यवसायी खुशी भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले बसपार्क र पार्किङको समस्या भएको भन्दै ट्राभल एजेन्सीहरूबाट गुनासो गरेका थिए । बसपार्क निर्माण भएपछि व्यवस्थित हुने गुरुङले बताए ।

बन्दीपुर बजारमा हाल एक निजी क्षेत्रबाट निर्माण गरिएको बसपार्क रहेको छ । सवारीसाधनको चाप बढी र साँघुरो पनि भएकाले बसपार्क निर्माण गर्नुपरेको हो ।

बसपार्क निर्माणको गाउँपालिकाले२५ लाख रुपैयाँ बिनियोजन गरेो गाउँपालिकाका प्रमुख प्रशासकीय शुकदेव लम्सालले बताए । मोटरसाइकल जीपजस्ता साना खालको सवारीसाधन पार्किङको लागि टुँडिखेल नजिकैको स्थानमा अध्ययन भइरहेको पनि लम्सालले बताए ।

दीर्घकालीन रुपमा पार्किङको समस्या सामाधान गर्न अर्को स्थान पनि अध्ययन गरिएको छ । यसैगरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानले ३० लाख रुपैयाँ विनियोजन गरेपछि पिप्ले बन्दीपुर सडकको मोड सुधारको काम भइराखेको छ ।

बन्दीपुरको मुख्य आर्कषणमा नेवारी कला र संस्कृति, दोहोरो लाइन मिलाएर बनाइएका प्यागोडाशैलीका कलात्मक घर, ढुङ्गा बिच्छाइएका बाटा, विभिन्न मठमन्दिर रहेका छन् । पर्यटकीय नगरी बन्दीपुरलाई गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटनको पहिलो गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।

सूचीकृत गरेसँगै बन्दीपुर आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ । वार्षिक झण्डै ३ लाख पर्यटक बन्दीपुरमा आउने गरेको बन्दीपुर गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ९ असार २०७६, सोमबार ००:००