१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भलाम–मौजा सडक स्तरोन्नतिको काम सम्पन्न




असार ७, पोखरा । पोखरा महानगरपालिका–२० स्थित भलाम–मौजा सडक स्तरोन्नतिको काम सम्पन्न भएको छ । साढे दुई किलोमिटर लामो सो सडक २० लाखको लागतमा निर्माण गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष चित्रप्रसाद आचार्यका अनुसार क्रमागत रुपमा निर्माण गर्न लागिएको उक्त सडक वडाको १८ लाख तथा दुई लाख बराबरको जनश्रममा निर्माण सम्पन्न गरिको हो ।

पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिम गुरुङका अनुसार सडक स्तरोन्नतिपछि यहाँका बासिन्दालाई कृषि उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ । कूल १५ किलोमिटर लामो उक्त सडक स्तरोन्नति गर्न प्रत्येक वर्ष बजेट विनियोजन गरिँदै आएको छ । रासस

प्रकाशित मिति : ७ असार २०७६, शनिबार ००:००