१४ मंसिर २०८२, शनिबार | Sat Nov 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वालिङ गुजारेको घरघरमा खानेपानी



असार ७, स्याङ्जा । खानेपानीको जोहो गर्दैमा दैनिकी गुजार्दै आएका वालिङ नगरपालिका– ७ गजुरेमा लिफ्ट प्रबिधीबाट खानेपानी पुर्याए पछि खुशीयाली छाएको छ ।

गाउँभन्दा १ सय १० मीटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०÷२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ ।

घर नजिकै खानेपानीको मुहान नहुँदा पानी ओसार्नमै दिन बित्ने गरेको बाहुनधारा हर्रेडाँडा लिफ्टिङ खानेपानी योजना हिलेपानीका अध्यक्ष विक्रान्त अधिकारीले बताए ।

“सिँचाइको कुरै छाडौँ, खानेपानीसमेत नहुँदा दैनिकी कष्टकर बनेको थियो”, उनले भने, “अहिले घरघरमा खानेपानी पुगेपछि घण्टौँ समय बिताउनुपर्ने बाध्यता हटेको छ ।”

वालिङ नगरपालिकाले २२ लाख रुपैयाँ विनियाेजन गरेकाे र स्थानीयबासीले २ लाख रुपैयाँ बराबरको श्रमदान गरेको वडासदस्य इन्द्रबहादुर गुरुङले बताए ।

खानेपानीबाट लाभान्वित ५४ मध्ये ४४ परिवार दलित छन् । दैनिक पानी खोल्ने कर्मचारीलाई मासिक २ हजार पारिश्रमिक उपलब्ध गराउने र मर्मतसम्भार कोष स्थापनासमेत गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए । रासस

प्रकाशित मिति : ७ असार २०७६, शनिबार ००:००