१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरका कार्यालय सहयोगी घूस रकम सहित पक्राउ



असार ५, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ९ का कार्यालय सहयोगी गोबिन्द खड्का घूस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० हजार रुपैयाँ घूस रकम सहित पक्राउ गरेको हो । वडा कार्यालय गौशालामा व्यवसाय कर तिर्न आउने सेवाग्राहीबाट लिएको घूस रकमसहित उनलाई पक्राउ गरिएको अख्तियारको बिज्ञप्तिमा उल्लेख छ ।

उनलाई वडा कार्यालय परिसरबाट पक्राउ गरिएको र अहिले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार ००:००